१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमाले विवाद : राष्ट्रिय भेला नरोक्ने माधव-झलनाथ पक्षको निर्णय, ओलीको चियापान बहिस्कार गर्ने



काठमाडौं । नेकपा एमालेको माधव झलनाथ पक्षले राष्ट्रिय भेला नरोक्ने निर्णय गरेको छ ।

काठमाडौंको अर्याल होटलमा आफु निकट केन्द्रीय सदस्यहरु र सांसदहरुसँग बैठकपछि चैत ४ र ५ गतेका लागि बोलाइएको राष्ट्रिय भेला नरोक्ने निर्णय गरेको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार बिहान ओली पक्षसँग भएको बैठकबारे जानकारी गराएका थिए । ओलीसँग दुई घण्टाभन्दा बढी छलफल भएपनि कुनै सकारात्मक निस्कर्ष ननिस्किएको नेपाल पक्षको ठम्याई रहेको छ ।

नेता नेपालले ओलीसँगको छलफल ब्रिफिङ गर्दै ओली विवाद मिलाउने पक्षमा नरहेको बताएका थिए । ओलीले आफ्नो गुट भेला गरेर फागुन २८ गते गरेको निर्णय फिर्ता लिन तयार नभएको पनि उनले बताएका थिए ।

माधव झलनाथ पक्षले ओलीले बोलाएको चियापान कार्यक्रम पनि बहिस्कार गर्ने भएका छन् । नेताहरुले केन्द्रीय सदस्य र सांसदहरुलाई चियापानमा अनुपस्थित हुन निर्देशन दिएका छन् । ओलीको चियापान आफुहरुलाई भुलाउने रणनीति भएको उनीहरुको निस्कर्ष रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ४५ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन