१ पुस २०८२, मंगलबार | December 16, 2025

माधव पक्षीय एमालेको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ ।

भोलि र पर्सि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको एजेण्डा तय गर्न बैठक बोलाइएको हो । बैठकले राष्ट्रिय भेला र त्यसपछिको समेत कार्ययोजना तयार पार्ने बताइएको छ । स्थायी कमिटीले तयार पारेको एजेण्डा नै भोलिको भेलामा प्रस्तुत हुनेछ । २२ सदस्यीय एमाले स्थायी कमिटीमा माधव पक्षका ११ जना रहेका छन् । पदाधिकारीमा माधव पक्षको बहुमत रहेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षसँग माधव पक्षको लामो समयदेखि तिक्त सम्बन्ध बन्दै आएको छ । सर्वोच्च अदालतले साविकको नेकपालाई खारेज गरी पूर्व पार्टीलाई ब्युँताएपछि ओलीले एकलौटी निर्णय गर्दै २३ जना केन्द्रीय सदस्य थप गरेका थिए ।

पार्टी विधान विपरित अध्यक्षले गुट भेलाबाट पदाधिकारी खारेज गर्ने र केन्द्रीय सदस्य थप्ने निर्णय गरेको भन्दै माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको हो । साविकको नेकपा छँदा ओलीले केन्द्रीय कमिटी सदस्यहरुलाई हुल्लडवाजको संज्ञा दिएका थिए । तर एमालेमा फर्किन परेपछि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत आफु अनुकुल नभएपछि ओलीले विधानको अपव्याख्या गर्दै विधान विपरित केन्द्रीय कमिटीको विस्तार गरेको माधव पक्षले आरोप लगाएको छ ।

ओली पक्षले आजै बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरे पनि माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरु भने अनुपस्थित हुनेभएका छन् । आजै दिउँसो २ बजे माधव पक्षले राष्ट्रिय भेलाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ । राष्ट्रिय भेला सानेपास्थित हेरिटेज गार्डेनमा हुँदैछ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ५७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा