१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सिंहदरबारमा नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा संसदीय दलका पदाधिकारी चयन, प्रतिनिधिसभाको बैठक र सत्ता समीकरणका विषयमा छलफल भएको छ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । तर, सरकारले कुनै विजनेश नदिँदा बैठक औपचारिकतामा मात्रै सीमित भएको छ ।

बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टी जसपासँग भैरहेको सत्ता साझेदारीबारे जानकारी गराएका छन् । प्रचण्डले संसदमा सरकारको विरुद्धमा कसरी प्रस्तुत हुने भन्नेबारेमा पनि प्रचण्डले ब्रिफिङ गरेको छन् ।

माओवादी केन्द्रले २०७४ फागुन ३ गते केपी ओलीलाई प्रधानमन्त्रीमा दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन । माओवादीले समर्थन फिर्ता लिने वित्तिकै एक महिनाभित्र ओलीले विश्वासको मत लिनुपर्छ । तर, त्यसअघि नै कांग्रेस र जसपासँग सहमति गरी ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादीले प्रयास जारी राखेको छ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १२ : २२ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण