२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारितसँगै सकियो, अर्को बैठक चैत ६ गते



काठमाडौं । प्रतिनिधि सभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका थिए ।

सांसदहरु डिला संग्रौला पन्त, मानबहानुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको छ ।

यसैगरी सभामुखले अनुशासन उल्लंघन आरोपमा पदमुक्त भएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको स्थानमा लीलादेवी सिटौला, ज्ञानकुमारी छन्त्यालको निधन भएपछि सुवर्ण ज्वारचन र सूर्यबहादुर केसीको निधन भएपछि मोहनप्रसाद पाण्डे समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भई शपथसमेत भएको जानकारी गराएका थिए ।

बैठकले संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : ३८ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s