८ बैशाख २०८१, शनिबार | April 20, 2024

इतिहासले ओलीलाई कठोर कारवाही गर्नेछ : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफुहरुलाई कारवाही गरेर देखाउन अध्यक्ष ओलीलाई चुनौती दिएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा मंगलबारआयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईलाई आफुहरु केपी ओलीको कारवाही भोग्न तयार रहेको तर उनलाई इतिहासले सबैभन्दा कठोर कारवाही गर्ने स्पष्ट पारेका हुन् ।

भोलि र पर्सि आयोजना हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, हामीलाई बालुवाटारबाट कारवाहीको धम्की दिइएको छ । हामीहरु उहाँको कारवाही भोग्न लामबद्ध छौं । तर, इतिहासले तपाईंलाई सबैभन्दा कठोर कारवाही गर्नेछ । त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् ।’

भट्टराईले धम्कीको भाषा नबोल्न ओलीलाई चेतावनी दिए । उनले ओलीलाई बरु राष्ट्रिय भेलाको प्रमुख अतिथि बन्न निम्ता दिए । उनले भने ‘तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस्, नजर लगाउनका लागि कसैलाई खटाउनै पर्दैन ।’

केही भन्नुछ भने देशभरबाट आएका कार्यकर्ता र केन्द्रीय सदस्यहरुलाई भन्न पनि उनले सुझाव दिए ।

पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विधान विपरित गुट भेला गरेर विभिन्न निर्णय गरेको भन्दै अध्यक्ष ओलीले नै कारबाहीको भागीदार भएको जिकिर गरे ।
‘पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष मुक्त हुने अरु कारबाहीको भागीदार हुन्छन् भन्ने हुँदैन’ उनले भने ।

पाण्डेले पार्टी विभाजनको गतिविधि ओलीले सुरु गरेको बताउँदै भने, ‘संसदको विघटन गरिसकेपछि त्यसबेला नेकपा एमालेको नयाँ कमिटी भनेर कमिटी बनाउन आरम्भ गरेको उहाँले नै हो । विभाजनको प्रारम्भ उहाँले गर्नुभयो ।’

पत्रकार सम्मेलनमा विष्णु रिजालले प्रेस विज्ञप्ति वाचन गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : ०० बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु