१६ असार २०८३, मंगलबार | July 1, 2026

इतिहासले ओलीलाई कठोर कारवाही गर्नेछ : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफुहरुलाई कारवाही गरेर देखाउन अध्यक्ष ओलीलाई चुनौती दिएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा मंगलबारआयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईलाई आफुहरु केपी ओलीको कारवाही भोग्न तयार रहेको तर उनलाई इतिहासले सबैभन्दा कठोर कारवाही गर्ने स्पष्ट पारेका हुन् ।

भोलि र पर्सि आयोजना हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, हामीलाई बालुवाटारबाट कारवाहीको धम्की दिइएको छ । हामीहरु उहाँको कारवाही भोग्न लामबद्ध छौं । तर, इतिहासले तपाईंलाई सबैभन्दा कठोर कारवाही गर्नेछ । त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् ।’

भट्टराईले धम्कीको भाषा नबोल्न ओलीलाई चेतावनी दिए । उनले ओलीलाई बरु राष्ट्रिय भेलाको प्रमुख अतिथि बन्न निम्ता दिए । उनले भने ‘तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस्, नजर लगाउनका लागि कसैलाई खटाउनै पर्दैन ।’

केही भन्नुछ भने देशभरबाट आएका कार्यकर्ता र केन्द्रीय सदस्यहरुलाई भन्न पनि उनले सुझाव दिए ।

पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विधान विपरित गुट भेला गरेर विभिन्न निर्णय गरेको भन्दै अध्यक्ष ओलीले नै कारबाहीको भागीदार भएको जिकिर गरे ।
‘पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष मुक्त हुने अरु कारबाहीको भागीदार हुन्छन् भन्ने हुँदैन’ उनले भने ।

पाण्डेले पार्टी विभाजनको गतिविधि ओलीले सुरु गरेको बताउँदै भने, ‘संसदको विघटन गरिसकेपछि त्यसबेला नेकपा एमालेको नयाँ कमिटी भनेर कमिटी बनाउन आरम्भ गरेको उहाँले नै हो । विभाजनको प्रारम्भ उहाँले गर्नुभयो ।’

पत्रकार सम्मेलनमा विष्णु रिजालले प्रेस विज्ञप्ति वाचन गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : ०० बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी