१ पुस २०८२, मंगलबार | December 16, 2025

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक जारी; पूर्वप्रधानमन्त्रीत्रय नेपाल, खनाल र भट्टराई अनुपस्थित



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक जारी छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेताहरु उपस्थित छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर उपस्थित छन् । यसैगरी राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपातर्फबाट सांसद प्रेम सुवाल बैठकमा उपस्थित छन् ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी पनि बैठकमा उपस्थित भएका छन् । तर, तीन पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई भने अनुपस्थित भएका छन् ।

पार्टीले भोलि आयोजना गरेको राष्ट्रिय भेलाको तयारीमा केन्द्रित हुनुपर्ने भएकाले नेपाल र खनाल सहभागी नभएको उनी निकट नेताले बताएका छन् ।

नेकपा एमालेका एमालेका वरिष्ठ नेताद्वय नेपाल र खनाल पक्षले भोलि र पर्सि काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ ।

यसैगरी पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका राष्ट्रिय परिषद् अध्यक्ष डा. भट्टराई पनि स्वास्थ्य समस्या देखाउँदै सर्वदलीय बैठकमा अनुपस्थित भएका हुन् ।

राजनीतिक दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणको तिब्र रस्साकस्सी चलिरहेको बेलामा समसामयिक विषयमा छलफल गर्नेभन्दै अर्थपूर्ण बैठक बोलाइएको हो ।

संसद विघटन गर्दा भने राष्ट्रपति भण्डारीले दलहरुसँग एकपटक पनि परामर्श नगरी सरकारको सिफारिस अनुमोदन गरेकी थिइन । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली उनकै पार्टी नेकपा एमालेका माधव झलनाथ पक्ष र विपक्षी दलहरुबाट घेरिएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : ५७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा