१६ असार २०८३, मंगलबार | July 1, 2026

माधव-झलनाथ पक्षको राष्ट्रिय भेलामा पुराना एमालेका नेताहरुको उत्साहजनक उपस्थिती



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा एमालेका पुराना नेताहरुको बाक्लो उपस्थिती देखिएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा जारी भेलामा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने लगायतका पाका नेताहरुले सहभागीता जनाएका छन् ।

भेलामा अस्वस्थताका कारण प्रदिप नेपाल सहभागी हुन नसकेको कार्यक्रम संचालक सुरेन्द्र पाण्डेले बताएका थिए ।

एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको र बिधान विपरित महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद खारेज गरेको भन्दै वरिष्ठ नेता नेपाल पक्षले कार्यकर्ताको दुई दिने भेला बोलाएको हो।

उता अध्यक्ष ओली पक्षले भने एमालेको कुनै भेला नरहेको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई नेपाल पक्षको भेलामा सहभागी नहुन र भएमा कारवाही गरिने चेतावनी दिएको छ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १ : ४८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी