८ बैशाख २०८१, शनिबार | April 20, 2024

माधव-झलनाथ पक्षको राष्ट्रिय भेलामा पुराना एमालेका नेताहरुको उत्साहजनक उपस्थिती



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा एमालेका पुराना नेताहरुको बाक्लो उपस्थिती देखिएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा जारी भेलामा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने लगायतका पाका नेताहरुले सहभागीता जनाएका छन् ।

भेलामा अस्वस्थताका कारण प्रदिप नेपाल सहभागी हुन नसकेको कार्यक्रम संचालक सुरेन्द्र पाण्डेले बताएका थिए ।

एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको र बिधान विपरित महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद खारेज गरेको भन्दै वरिष्ठ नेता नेपाल पक्षले कार्यकर्ताको दुई दिने भेला बोलाएको हो।

उता अध्यक्ष ओली पक्षले भने एमालेको कुनै भेला नरहेको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई नेपाल पक्षको भेलामा सहभागी नहुन र भएमा कारवाही गरिने चेतावनी दिएको छ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १ : ४८ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको