१६ असार २०८३, मंगलबार | July 1, 2026

माधव-झलनाथ पक्षीय एमालेको कार्यकर्ता भेला जारी, ओलीले विभाजनको बीऊ रोपे : वरिष्ठ नेता खनाल



काठमाडौं । नेकपा एमालेको माधव झलनाथ पक्षीय राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको सानेपामा जारी छ ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै गुटवन्दी सिर्जना गरी पार्टी विभाजनको बीऊ रोपेको आरोप लगाएका छन् । वरिष्ठ नेता खनालले मदन भण्डारी फाउन्डेशनको नाममा ओलीले देशभर गुट बनाउन सुरु गरेको बताए ।

खनालले ओलीका गतिविधिकै कारण पाटी एकीकृत रहन नसकेको जिकिर गरे । उनले ओलीकै गतिविधिका कारण नेकपा एमालेमा पनि विभाजनको संकेत देखिएको बताए । खनालले भने ‘ओलीको गतिविधिका कारण देशभर कार्यकर्तालाई आक्रोशित बनाएको छ ।’

तीन वर्षमा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाउँदै महत्वपूर्ण नियुक्तिमा पनि आफ्ना धुपौरेहरुलाई मात्रै नियुक्त गरेको जिकिर गरे ।

खनालले अध्यक्ष ओली स्वेछाचारी ढङ्गले अगाडि बढेको आरोप लगाए ।

 

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १ : ४५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी