१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

माधव-झलनाथ पक्षीय एमालेको कार्यकर्ता भेला जारी, ओलीले विभाजनको बीऊ रोपे : वरिष्ठ नेता खनाल



काठमाडौं । नेकपा एमालेको माधव झलनाथ पक्षीय राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको सानेपामा जारी छ ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै गुटवन्दी सिर्जना गरी पार्टी विभाजनको बीऊ रोपेको आरोप लगाएका छन् । वरिष्ठ नेता खनालले मदन भण्डारी फाउन्डेशनको नाममा ओलीले देशभर गुट बनाउन सुरु गरेको बताए ।

खनालले ओलीका गतिविधिकै कारण पाटी एकीकृत रहन नसकेको जिकिर गरे । उनले ओलीकै गतिविधिका कारण नेकपा एमालेमा पनि विभाजनको संकेत देखिएको बताए । खनालले भने ‘ओलीको गतिविधिका कारण देशभर कार्यकर्तालाई आक्रोशित बनाएको छ ।’

तीन वर्षमा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाउँदै महत्वपूर्ण नियुक्तिमा पनि आफ्ना धुपौरेहरुलाई मात्रै नियुक्त गरेको जिकिर गरे ।

खनालले अध्यक्ष ओली स्वेछाचारी ढङ्गले अगाडि बढेको आरोप लगाए ।

 

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १ : ४५ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको