६ पुस २०८२, आइतबार | December 21, 2025

नरभक्षी बाघ नियन्त्रणमा



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम तर्फ आतंक मच्चाईरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिईएको छ । गेरुवा गाउँपालिका लगाएतका क्षेत्रमा आतंक मच्चाईरहेको बाघलाई बाघ नियन्त्रण टोलीले नियन्त्रणमा लिईएको हो ।

बाघ गेरुवा गाउँपालिका वडा नं ४ राजीपुरमा फेला परेपछि डार्ट (बेहोस बनाउने औषधी) प्रयोग गरी नियन्त्रणमा लिईएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
नियन्त्रणमा लिईएको बाघको अवस्था हेरेर मात्र स्थानान्तरण गरीने योजना रहेको निकुञ्जले जनाएको छ । बाघको अवस्था, लिंग लगाएतको विषयमा अध्ययन गरेर मात्र बाघलाई स्थानान्तरण स्थान पत्ता लगाइने सहयक संरक्षण अधिकृत थापाले बताए ।

बर्दियाको गेरुवा गाउँपालिकाको गोला क्षेत्रमा र मधुवन नगरपालिकाको खाता जैविक मार्गको आसपासको क्षेत्रमा बाघ नियन्त्रणका लागि बुधबार विहान टोली परिचालन गरीएको थियो । दुई ओटा टोलीमा ६ वटा हात्ती, २÷२ जना पशुप्राविधिक, वन्यजन्तु एम्बुलेन्स,खोर सहितको ट्रक,संरक्षण भ्यान परिचालन गरीएको छ । त्यसैगरी टिममा नेपाली सेना, निकुञ्जका कर्मचारी, डिभिजन वनका कर्मचारी र स्थानीयलाई समेत परिचालन गरीएको छ ।

नरभक्षी बाघ नियन्त्रणमा आएपछि गेरुवा गाउँपालिकाबासी हर्षित भएका छन् । बाघ नियन्त्रण भएपछि आँफुहरु केही राहतको महसुस गरेको गेरुवा गाउँपालिका ४ राजीपुरका बडघर लक्ष्मी प्रसाद चौधरीले बताए । लामो समय देखि खाता जैविक मार्गमा मानिस र पशुचौपाय माथि आक्रमण गरीरहेको बाघलाई भने टोलीले अझै नियन्त्रणमा लिन सकेको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : ४८ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र