३० चैत्र २०८२, सोमबार | April 13, 2026

नेपाल पक्षको भेलाले यस्तो गर्दैछ निर्णय : पार्टीमा सामूहिक प्रणाली पुनर्स्थापित, दक्षिणपन्थी प्रवृति विरुद्ध संघर्ष



काठमाडौं । बुधबार देखि सुरुभएको नेकपा एमाले माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै छ । नेपाल पक्षको देशैभरबाट भेलामा उपस्थित अगुवा कार्यकर्ताहरुले अहिले सम्मको पार्टी संचालनको समिक्षा गर्दै आगामी कार्ययोजना बनाउने बताईएको छ ।

भेलालाई बिषय केन्द्रीत बनाउन बरिष्ठ नेता कमरेड माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन् । अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गर्दै त्यसका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा जोड दिइएको छ । पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरिएको छ ।

भेलामा एमालेका अग्रज नेताहरु कमलप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलयायतको सहभागीता थियो ।

अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरुलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ । आ–आफ्नो समूहमा छलफल गरी टोली नेतामार्फत भोलि सुझावहरु पेस गर्ने र ती सुझावहरुलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने गरि कार्यबिधि तय गरिएको छ ।

सहभागीहरुको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य, प्रदेश नम्बर २ मा घनश्याम भुसाल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क कमिटी र जनसंगठन तथा पेशागत संगठनमा बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ ।

पार्टीको विधान, नीति र निर्णयको विरुद्धमा उभिँदै एकल व्यक्तिको सर्वोच्चतामा पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दृष्प्रयत्नलाई असफल पार्दै पार्टीलाई जनवादी केन्द्रीयताका सामूहिक प्रणालीमा पुनर्स्थापित गर्ने काममा भेलाले महत्वपूर्ण योगदान दिने नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ९ : १७ बजे

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका

देश ‘प्रयोगशाला’ बन्दै गएको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त