६ पुस २०८२, आइतबार | December 21, 2025

होटलमा आगलागी, पाँच लाख बढीको क्षति



कञ्चनपुर । भीमदत्त नगरपालिका-१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा पाँच लाख रुपैयाा बढीको क्षति भएको छ ।

स्थानीय लालबहादुर थापाले सञ्चालन गर्दै आएको होटलमा बालेको अगरबत्तीबाट गएराति आगलागी भएको हो ।

आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भटरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए ।

आगलागी भएको खबर पाइएपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १२ : ०० बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको