३ आश्विन २०८३, शनिबार | September 19, 2026

होटलमा आगलागी, पाँच लाख बढीको क्षति



कञ्चनपुर । भीमदत्त नगरपालिका-१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा पाँच लाख रुपैयाा बढीको क्षति भएको छ ।

स्थानीय लालबहादुर थापाले सञ्चालन गर्दै आएको होटलमा बालेको अगरबत्तीबाट गएराति आगलागी भएको हो ।

आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भटरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए ।

आगलागी भएको खबर पाइएपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १२ : ०० बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज