१३ कार्तिक २०८३, शुक्रबार | October 31, 2026

पश्चिम नेपाल बस व्यवसायी प्रालीको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत



बुटवल । यातायात क्षेत्रको सबैभन्दा ठुलो यातायात संस्थाको रुपमा रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालीको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित भएका छन्।

प्रालीका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । यसैरी प्रालीको प्रबन्ध सन्चालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएस पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालीको नियमावली अनुसार गत फागुन २९ गते ११ जना सञ्चालकहरुको निर्वाचन भएको थियो । सञ्चालकहरुको बैठकले पदाधिकारीहरुको चयन गर्नुका साथै निर्वाचनमा सहयोग गर्ने सम्पुर्ण यातायात ब्यवसायी निर्वाचन समिति प्रालीका कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्ने निर्णय गरेको नवनिर्वाचित कोषाध्यक्ष मोहन पिएसले जानकारी दिए ।

बैठकले पछिल्लो एक बर्षयता देखिएको समस्या समाधान र निरन्तर रुपमा ईन्धनको मुल्य बढदा समेत सरकारले ब्यवसायीहरुसँग यस अघि वैज्ञानिक भाडादर कायम गर्ने गरी गरेको सम्झौता कार्यान्वयनका लागि पहल गर्ने निर्णय समेत गरेको कोषाध्यक्ष पिएसले बताए ।

सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले सरकारले यातायात ब्यवसायीहरुको अभिभावकको रुपमा जिम्मेवारी निर्वाह गर्ने बताए । मन्त्री चौधरीले यातायात क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले ब्यवसायीहरुको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

‘लुम्विनी प्रदेश सरकार तपाईहरुको अभिभावक हो तपाईहरुका समस्याहरुबारे सरकार जानकार छ, ति समस्या समाधानका लागि तपाईहरुको साथ समर्थन र सहयोग चाहिन्छ’, मन्त्री चौधरीले भने ।

‘ट्रक व्यवसायीहरुमा पनि भारतीय ट्रकहरुको ओभरलोडको समस्या थियो उनीहरुको सहयोगले त्यो समस्या समाधान भयो । सार्वजनिक यात्रुवाहक सवारीका समस्या समाधानमा पनि तपाईहरुको सहयोग आवश्यक छ’, उनले थपे । मन्त्री चौधरीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको ब्यवहार सुधार आवश्यक रहेको बताउदै व्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायि छ भन्ने बिश्वास दिलाउनसक्नु पर्ने बताए ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रालीका नवनिर्वाचित अध्यक्ष खरेलले सरकारले व्यवसायीहरुलाई संकटको बेलामा समेत सहि ढंगले अभिभावकत्व दिन नसकेको गुनासो गरे । खरेलले सरकारले सिण्डीकेटको गलत अर्थ लगाएर ब्यवसायीहरु माथी अन्याय र बिभेदपुर्ण ब्यवहार गरेको बताए ।

खरेलले आफु जहिले पनि यातायात व्यवसायीहरुको हितको पक्षमा रहेको बताउदै आगामी दिनमा सबैलाई समेटेर प्रालिलाई अगाडि बढाउने बताए ।

प्रालीका प्रमुख निर्वाचन अधिकृत मदन प्रसाद कटेलको अध्यक्षता तथा दिनेश पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका पुर्व अध्यक्ष तथा तत्कालिन पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष चोप नारायण श्रेष्ठ, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष पुष्पा श्रेष्ठ, तत्कालिन पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष तुल्सीराम बन्जाडे, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका लुम्विनी प्रदेश संयोजक डिल बहादुर ढुंगाना, यातायात मजदुर तथा व्ष्वसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ४ : ४८ बजे

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

नेपालगन्ज । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई