१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

एक सातामा दुईवटा नरभक्षी बाघ निकुन्जको नियन्त्रणमा



बर्दिया । बर्दियामा एकसातामा दुईवटा नरभक्षी बाघलाई नियन्त्रणमा लिईएको छ । गत बुधबार एउटा जवान पाटे बाघ नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुन्जको प्राविधिक टोलीले बिहिबार पुनः अर्को बयस्क नरभक्षी बाघ नियन्त्रणमा लिएको हो ।

मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटे बाघलाई नियन्त्रणमा लिइएको निकुन्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहिबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटे बाघलाई नियन्त्रणमा लिएको हो।

मधुवन नगरपालिका-३ स्थित खाता जैविक मार्गको गौरी सामूदायिक वनमा डार्ट (बेहोस बनाउने सुई प्रहार) गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकत असिम थापाले जानकारी दिएका छन् ।

गत बुधबार पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका-४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो।

एक साताअघि मधुवन नगरपालिका-३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि निकुञ्जले त्यस क्षेत्रमा आठवटा क्यामेरा जडान गरेको थियो। ब्यामेराको कैदमा पटक पटक बाघ देखिएपछि प्राबिधिक टोलीले डार्क गरेर बाघ नियन्त्रणमा लिएको थियो ।

निकुञ्ज प्रशासनले समातिएका दुबै बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राख्ने तयारी गरेको छ।

 

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ७ : ३० बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा