३ आश्विन २०८३, शनिबार | September 19, 2026

सर्वोच्चले असंवैधानिक भनिसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु पर्दैन ? खाँड



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले यस्तोबेला कसैले कसैलाई दोष लगाउनुको साटो सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै खाँडले तीन महिनाभित्र मुलुकका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने भनेर प्रधानमन्त्रीले सदनमै आएर गरेको प्रतिवद्धता पुरा गर्न नसकेको बताए ।

मेलम्चीको खानेपानीको परिकल्पना गर्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई स्मरण गर्ने सरकारले दिउँसै रात पार्ने खालको आश्वासन दिनु उपयुक्त नभएको औंल्याए ।

खाँडले सर्वोच्च अदालतले संसद विघटन खारेज गरिसकेको भएपनि प्रधानमन्त्रीले त्यसको नैतिक दायित्व लिएर जवाफ दिनुपर्ने आवाज उठाए । उनले भने, ‘सर्वोच्च अदालतले सरकारको असंवैधानिक कदमको खारेज गरेको छ, नेपाली कांग्रेसका तर्फबाट यसको स्वगत गर्न चाहान्छु,’ उनले भने, ‘यति ठूलो कदम चालिसकेपछि सकारले यसको दायित्व लिने कि नलिने ? प्रधानमन्त्रीले यसको नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ? यसको जवाफ दिनुपर्छ कि पर्दैन ?’

संविधानको रक्षा गर्नु र पालना गर्नु सरकारको पहिलो दायित्व रहेको उल्लेख गर्दै प्रमुख सचेतक खाँडले संसदीय व्यवस्था र संविधानलाई सफल बनाउनतर्फ लाग्नुपर्ने पनि बताए । उनले थपे, ‘ संविधानको किताबमाथि हात राखेर एकचोटी सोच्नुहोस् । जुन स्प्रीटमा हामीले संविधान बनाएका थियौं, त्यसै अनुसार पालना गर्दै हुनुहुन्छ ?

खाँडले नेपालमा अधिनायकबाद ल्याउँछु, नेपालमा सर्वसत्तावाद ल्याउँछु, संविधान बदल्छु, नेपालमा तानाशाह ल्याउँछु र मेरो मानसपटलबाट निरंकुशताबाट अघि बढ्छु भन्ने नेताहरु सबै असफल भएका छन्, त्यसैले त्यो बाटोबाट अघि नबढ्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : ५४ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज