१९ बैशाख २०८१, बुधबार | May 2, 2024

सर्वोच्चले असंवैधानिक भनिसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु पर्दैन ? खाँड



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले यस्तोबेला कसैले कसैलाई दोष लगाउनुको साटो सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै खाँडले तीन महिनाभित्र मुलुकका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने भनेर प्रधानमन्त्रीले सदनमै आएर गरेको प्रतिवद्धता पुरा गर्न नसकेको बताए ।

मेलम्चीको खानेपानीको परिकल्पना गर्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई स्मरण गर्ने सरकारले दिउँसै रात पार्ने खालको आश्वासन दिनु उपयुक्त नभएको औंल्याए ।

खाँडले सर्वोच्च अदालतले संसद विघटन खारेज गरिसकेको भएपनि प्रधानमन्त्रीले त्यसको नैतिक दायित्व लिएर जवाफ दिनुपर्ने आवाज उठाए । उनले भने, ‘सर्वोच्च अदालतले सरकारको असंवैधानिक कदमको खारेज गरेको छ, नेपाली कांग्रेसका तर्फबाट यसको स्वगत गर्न चाहान्छु,’ उनले भने, ‘यति ठूलो कदम चालिसकेपछि सकारले यसको दायित्व लिने कि नलिने ? प्रधानमन्त्रीले यसको नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ? यसको जवाफ दिनुपर्छ कि पर्दैन ?’

संविधानको रक्षा गर्नु र पालना गर्नु सरकारको पहिलो दायित्व रहेको उल्लेख गर्दै प्रमुख सचेतक खाँडले संसदीय व्यवस्था र संविधानलाई सफल बनाउनतर्फ लाग्नुपर्ने पनि बताए । उनले थपे, ‘ संविधानको किताबमाथि हात राखेर एकचोटी सोच्नुहोस् । जुन स्प्रीटमा हामीले संविधान बनाएका थियौं, त्यसै अनुसार पालना गर्दै हुनुहुन्छ ?

खाँडले नेपालमा अधिनायकबाद ल्याउँछु, नेपालमा सर्वसत्तावाद ल्याउँछु, संविधान बदल्छु, नेपालमा तानाशाह ल्याउँछु र मेरो मानसपटलबाट निरंकुशताबाट अघि बढ्छु भन्ने नेताहरु सबै असफल भएका छन्, त्यसैले त्यो बाटोबाट अघि नबढ्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : ५४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी