१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानमन्त्रीको निजी निवासमा हुने संसदीयदल र पार्टी केन्द्रको बैठकमा नेपाल पक्ष सहभागी नहुने



काठमाडौं । नेकपा–एमालेको नेपाल पक्षले एमालेको संसदीयदललाई प्रधानमन्त्री केपी ओलीले निजीकरण गरेको आरोप लगाएको छ । नेपाल पक्षको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले दलको बैठक संसदीयदलको कार्यालयमा नराखी प्रधानमन्त्रीको निजी निवासमा राखेको भन्दै दललाई ओलीले निजीकरण गरेको आरोप लगाएको हो ।

नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीले भोलि शनिबारका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको बैठकमा पनि सहभागी नहुने निर्णय गरेको छ ।

विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको ठहर गर्दै नेपाल पक्षले दुबै बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

नेपाल पक्षको बैठकले दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा भने सहभागिताका बिषयमा विचार गर्निर्न सकिने समेत निर्णय गरेको नेपाल पक्षका एकजना स्थायी कमिटी सदस्यले बताए । नेपाल पक्षले फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएको ठहर गर्दै उक्त बैठकका निर्णयहरु खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने समेत निर्णय गरेको छ ।

नेपाल पक्षले नेकपा–एमालेका सबै सांगठनिक संरचना र पार्टीका निर्णयहरुलाई २०७५ जेठ २ गतेका अवस्थाबाट सुरुवात नगरेसम्म ओलीले आयोजना गर्ने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएको छ ।

नेपाल पक्षका ती नेताले पार्टीको विधान महाधिवेशन र विधान सम्मेलनले मात्रै संशोधन गर्नसक्ने हुँदा अन्यत्र गरिएका हेरफेर स्वीकार नगर्ने बताए।

नेपाल पक्षका नेताहरुले संसदीय बोर्डमा पनि सहभागी नहुने बताएका छन्। बिधान बिपरित बनाईएको बोर्डको कुनै औचित्य नभएको नेपाल पक्षको ठहर छ ।

ओलीले बिहीबार संसदीय बोर्डको गठन गरी नेपाल र खनाल दुवैलाई सो बोर्डको सदस्यको रुपमा मनोनयन गरेका थिए।

 

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ३१ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,