१ पुस २०८२, मंगलबार | December 16, 2025

नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज, नेपाल-खनाल पक्ष नजाने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि बढाएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले आज संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्ने बताएका हुन ।

यसअघि बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आजको बैठक पनि बहिष्कार गर्ने बताइसकेका छन् ।

शुक्रबार राति बानेश्वरमा बसेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताए । विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय भएको उनले बताए ।

रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिए बैठकमा सहभागी हुन सकिने बताए ।

यता उपाध्यक्ष वामदेव गौतमले भने संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा सहभागी हुने जनाएका छन् । अखिल नेपाल किसान महासंघको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी हुने बताएका थिए ।

तर, उपाध्यक्ष गौतम फाुगन २८ मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय खारेज गर्नुपर्नेमा अडिग छन । दुवै बैठकमा आफ्नो माग अघि सार्ने योजनामा रहेका उपाध्यक्ष गौतम, माग उपर सुनुवाई नभए बैठक बहिष्कार गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ५८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा