२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

पर्यटन प्रचारका लागि साईक्लिङ



बुटवल । रुपन्देहीको मानव स्वस्थ्य र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रुपन्देहीमा साईक्लिङ कार्यक्रम गरिएको छ ।

बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शनिबार सचेतनामुलक साईक्लिङ कार्यक्रम गरिएको हो ।

सैनामैनास्थित न्यु दुर्गा नर्सरीबाट शुरु भएको साईकल र्याली सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका नगरका धार्मिक स्थलहहरुको भ्रमण गरेका थिए ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश सभा सदस्य कमला विकले उद्घाटन गर्दै मानव स्वस्थ्यसंगै वातावरण संरक्षणका हिसाबमा साईक्लिङ महत्वपुर्ण हुने बताईन । युवाहरुको अगुवाईमा समाजका विकृति र विसंगति बिरुद्ध लाग्नुपर्ने सुझाव दिदै सचेतना जगाउने गरि कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्ने बताइन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले वातावरण संरक्षणसंगै साईक्लिङबाट पर्यटन पर्वद्घनका लागि सरकारको चासो बढाउन सुझाव दिए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटनको बसाई लम्ब्याउन साईक्लिङ प्याकेज एक उत्तम विकल्प भएको भन्दै यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जानुपर्ने उनले बताए । प्रदेशमा निर्माण भैरहेका पुर्वाधार विकासलाई साईकलमैत्री बनाउन संस्थागत रुपमा पहल थालेको भएपनि सरकारबाट यसतर्फ विशेष चासो नदिनु दुखद भएको उनले बताए ।

कार्यक्रममा सैनामैना खेलकुद विकास समितिका सदस्य तथा दलित उत्थान संघका अध्यक्ष सुरज बराल, स्वस्थकर्मी रिता साही, क्लबमा अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कार्यक्रम संयोजक रबिलाल सुवेदीले स्वस्थ्य र पर्यटनको क्षेत्रमा रुपन्देहीका युवाहरुको अभियानलाई सबैको साथ रहेको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ३६ बजे

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको