१ चैत्र २०८२, आइतबार | March 15, 2026

पर्यटन प्रचारका लागि साईक्लिङ



बुटवल । रुपन्देहीको मानव स्वस्थ्य र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रुपन्देहीमा साईक्लिङ कार्यक्रम गरिएको छ ।

बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शनिबार सचेतनामुलक साईक्लिङ कार्यक्रम गरिएको हो ।

सैनामैनास्थित न्यु दुर्गा नर्सरीबाट शुरु भएको साईकल र्याली सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका नगरका धार्मिक स्थलहहरुको भ्रमण गरेका थिए ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश सभा सदस्य कमला विकले उद्घाटन गर्दै मानव स्वस्थ्यसंगै वातावरण संरक्षणका हिसाबमा साईक्लिङ महत्वपुर्ण हुने बताईन । युवाहरुको अगुवाईमा समाजका विकृति र विसंगति बिरुद्ध लाग्नुपर्ने सुझाव दिदै सचेतना जगाउने गरि कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्ने बताइन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले वातावरण संरक्षणसंगै साईक्लिङबाट पर्यटन पर्वद्घनका लागि सरकारको चासो बढाउन सुझाव दिए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटनको बसाई लम्ब्याउन साईक्लिङ प्याकेज एक उत्तम विकल्प भएको भन्दै यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जानुपर्ने उनले बताए । प्रदेशमा निर्माण भैरहेका पुर्वाधार विकासलाई साईकलमैत्री बनाउन संस्थागत रुपमा पहल थालेको भएपनि सरकारबाट यसतर्फ विशेष चासो नदिनु दुखद भएको उनले बताए ।

कार्यक्रममा सैनामैना खेलकुद विकास समितिका सदस्य तथा दलित उत्थान संघका अध्यक्ष सुरज बराल, स्वस्थकर्मी रिता साही, क्लबमा अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कार्यक्रम संयोजक रबिलाल सुवेदीले स्वस्थ्य र पर्यटनको क्षेत्रमा रुपन्देहीका युवाहरुको अभियानलाई सबैको साथ रहेको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ३६ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना