१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चरङेलाई रिद्धिसिद्धि फुटसलको उपाधि



बुटवल । रुपन्देहीमा सम्पन्न रिद्धिसिद्धि फुटसल प्रतियोगिता २०२१ को उपाधि चरङे एफसीले हात पारेको छ । सनराईज स्पोर्ट्स तिलोत्तमाको आयोजनामा भलबारीस्थित सनराईज स्पोर्ट्स फुटसल एरिनामा भएको फाईनल खेलमा चरङे एफसीले कुमारी एफसी काठमाण्डौलाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै नगद १ लाख रुपैया १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि उपविजेता कुमारी नगद ५१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा चरङेका निसान मगर बेष्ट गोलकिपर, रिद्धिसिद्धिका रफि महर्जन हाई स्कोरर तथा चरङेका अभय राना सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद ५–५ हजार रुपैयासहित मेडल, कपबाट पुरस्कृत भएका छन ।

निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा चरङेको जितमा अभय रानाले ह्याट्रिक गरेका थिए । यसैगरि अमित लामा र उर्केन शेर्पाले १–१ गोल थपे । कुमारीका जेनिस प्रजापति र सुसन श्रेष्ठले सान्त्वना गोल गरेको थिए ।

एक समारोहका बिच रिद्धिसिद्धि हाउजिङ तथा रियल स्टेटका दशरथ पौडेल, संयोजक राजेन्द्र केसी, सहसहयोजक सचिन घिमिरे, कपिल ज्ञवालीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा काठमाडौं, चितवन, रुपन्देहीका स्मृति स्पोर्ट्स क्लब, युनिक फुटसल, ईन्टर स्पोर्ट्स क्लब, चरङे, लुम्बिनी फुटसल, एभेन्जर फुटसल क्लब लगायत १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ५५ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको