१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

चरङेलाई रिद्धिसिद्धि फुटसलको उपाधि



बुटवल । रुपन्देहीमा सम्पन्न रिद्धिसिद्धि फुटसल प्रतियोगिता २०२१ को उपाधि चरङे एफसीले हात पारेको छ । सनराईज स्पोर्ट्स तिलोत्तमाको आयोजनामा भलबारीस्थित सनराईज स्पोर्ट्स फुटसल एरिनामा भएको फाईनल खेलमा चरङे एफसीले कुमारी एफसी काठमाण्डौलाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै नगद १ लाख रुपैया १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि उपविजेता कुमारी नगद ५१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा चरङेका निसान मगर बेष्ट गोलकिपर, रिद्धिसिद्धिका रफि महर्जन हाई स्कोरर तथा चरङेका अभय राना सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद ५–५ हजार रुपैयासहित मेडल, कपबाट पुरस्कृत भएका छन ।

निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा चरङेको जितमा अभय रानाले ह्याट्रिक गरेका थिए । यसैगरि अमित लामा र उर्केन शेर्पाले १–१ गोल थपे । कुमारीका जेनिस प्रजापति र सुसन श्रेष्ठले सान्त्वना गोल गरेको थिए ।

एक समारोहका बिच रिद्धिसिद्धि हाउजिङ तथा रियल स्टेटका दशरथ पौडेल, संयोजक राजेन्द्र केसी, सहसहयोजक सचिन घिमिरे, कपिल ज्ञवालीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा काठमाडौं, चितवन, रुपन्देहीका स्मृति स्पोर्ट्स क्लब, युनिक फुटसल, ईन्टर स्पोर्ट्स क्लब, चरङे, लुम्बिनी फुटसल, एभेन्जर फुटसल क्लब लगायत १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ५५ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक