१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

टेक्सासको नाइट क्लबमा गोली चल्यो : १ जनाको मृत्यु, १२ घाइते



एजेन्सी । अमेरिकामा दुई नाइट क्लबमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सास राज्यको डोलास सहरका नाइट क्लबमा गोली प्रहार भएको हो ।

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय मिडियाहरूले दिएका खरब अनुसार शनिबार राति करिब १ः३० बजे ( आइतबार दिउँसो नेपाली समय) तिर नाइट क्लबमा एक व्यक्तिले गोली प्रहार गरेका हुन् ।

ती व्यक्तिले क्लबमा उपस्थिति अर्का व्यक्तिसँग वादविवाद भएपछि गोली चलाएका थिए। गोली लागेर एक महिलाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन् ।

प्रहरी घटनास्थलमा पुग्दा आक्रमणकारी भागिसकेका थिए । प्रहरीले घाइतेहरुलाई स्थानीय अस्पतालमा लगेको थियो । उपचारकै क्रममा महिलाको मृत्यु भएको जानकारी दिइएको छ।

त्यसैगरी टेक्सासकै होस्टन शहरको एक नाइट क्लबमा भएको गोली प्रहारमा ५ जना घाइते भएको चिनियाँ टेलिभिजन सिजिटिएनले जनाएको छ ।

टेक्सासका सुरक्षा अधिकारीका अनुसार यस क्लबमा संधिग्दले करिब राति २ः३० तिर पेस्तोलबाट गोली चलाएका थिए । घाइते ५ मध्ये एकको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ०१ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले