१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एक लाख ६५ हजार सदस्य थप गर्ने वाईसीएलको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलले एक लाख ६५ हजार सदस्य थप गर्ने भएको छ ।

वाईसीएलको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले चैत महिनाभर पुरानो सदस्यता नविकरण गर्दै प्रत्येक निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्य थप गर्ने निर्णय गरेको हो ।

बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीयय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ । सर्वोच्च अदालतले नेकपा भंग गर्दै साविककै माओवादी केन्द्र फर्काएको अवस्थामा संगठनका विभिन्न समितिहरुमा समेत पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरण समेत गरिएको वाईसीएलले जनाएको छ । २०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाको युवा संगठन युवा संघ नेपाल भएको थियो ।

वाईसीएलको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८–३० गते काठमाडौंमा हुने भएको छ । त्यसअघि इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेलाहरु बैशाख महिनाभित्र सम्पन्न हुने र प्रदेश भेला जेठको २० गतेभित्र सम्पन्न हुने सो संगठनले जनाएको छ ।

वाईसीएलले नेकपाको एकता भंग गराउन सफल एकताविरोधी गैरकम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्दै हाल नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्रको खेद व्यक्त गरेको छ ।

साथै सो संगठनले प्रधानमन्त्रीको हैसियतमा निरकुंश र परिवर्तनविरोधी समुहको नेतृत्व गरिरहेका ओलीले आगामी दिनमा चाल्न सक्ने थप प्रतिगमनकारी कदमप्रति सदैव चनाखो र सचेत रहन आम जनसमुदाय तथा युवाहरुमा अपिल समेत गरेको छ ।

वाईसीएलले विज्ञप्तिमार्फत प्रतिगामी कदम विरुद्धको सघर्षमा पुरै समर्पण र जिम्मेवारीका साथ सडक सघर्षमा होमिने संगठनका सबै नेता, कार्यकर्ता, युवा तथा जनसमुदायलाई धन्यवाद दिएको छ । यस्तै भुलबस प्रतिगमनकारी कित्तामा पुगेका संगठनका केही कमरेडहरुलाई आफ्नै संगठन र वर्गमा फर्कन समेत अपील गरेको छ ।

 

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ४७ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।