१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एक लाख ६५ हजार सदस्य थप गर्ने वाईसीएलको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलले एक लाख ६५ हजार सदस्य थप गर्ने भएको छ ।

वाईसीएलको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले चैत महिनाभर पुरानो सदस्यता नविकरण गर्दै प्रत्येक निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्य थप गर्ने निर्णय गरेको हो ।

बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीयय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ । सर्वोच्च अदालतले नेकपा भंग गर्दै साविककै माओवादी केन्द्र फर्काएको अवस्थामा संगठनका विभिन्न समितिहरुमा समेत पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरण समेत गरिएको वाईसीएलले जनाएको छ । २०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाको युवा संगठन युवा संघ नेपाल भएको थियो ।

वाईसीएलको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८–३० गते काठमाडौंमा हुने भएको छ । त्यसअघि इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेलाहरु बैशाख महिनाभित्र सम्पन्न हुने र प्रदेश भेला जेठको २० गतेभित्र सम्पन्न हुने सो संगठनले जनाएको छ ।

वाईसीएलले नेकपाको एकता भंग गराउन सफल एकताविरोधी गैरकम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्दै हाल नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्रको खेद व्यक्त गरेको छ ।

साथै सो संगठनले प्रधानमन्त्रीको हैसियतमा निरकुंश र परिवर्तनविरोधी समुहको नेतृत्व गरिरहेका ओलीले आगामी दिनमा चाल्न सक्ने थप प्रतिगमनकारी कदमप्रति सदैव चनाखो र सचेत रहन आम जनसमुदाय तथा युवाहरुमा अपिल समेत गरेको छ ।

वाईसीएलले विज्ञप्तिमार्फत प्रतिगामी कदम विरुद्धको सघर्षमा पुरै समर्पण र जिम्मेवारीका साथ सडक सघर्षमा होमिने संगठनका सबै नेता, कार्यकर्ता, युवा तथा जनसमुदायलाई धन्यवाद दिएको छ । यस्तै भुलबस प्रतिगमनकारी कित्तामा पुगेका संगठनका केही कमरेडहरुलाई आफ्नै संगठन र वर्गमा फर्कन समेत अपील गरेको छ ।

 

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ४७ बजे

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको