११ चैत्र २०८२, बुधबार | March 25, 2026

रक्षक नै भक्षक भएपछि : रुपन्देहीमा एक युवतीमाथि प्रहरी जवानले गरे बलात्कार र हत्याको प्रयास



बुटवल । रुपन्देहीको एउटा गाँउमा गाउलेहरुले युवतीलाई घाटीमा निल डाम र शरिरका घाउचोट लागेको अवस्थामा भेटाए । बेहोस अवस्थामा भेटिएकी युवतीका शरिरभरी घाउचोट र घाँटीमा निल डाम देखिएपछि गाँउलेहरुलाई शंका लाग्यो र उनीहरुले नै प्रहरीलाई खबर गरे । उपचारका क्रममा युवतीको बयान जव सार्वजानिक भयो तव एउटा गम्भिर रहस्यको खुलासा भयो । कुटपिटको आशंका मात्र गरिएको युवतीको बयानले रक्षक नै भक्षक भएको एउटा रहस्यको उजागर भएको छ ।

घाईते अवस्थामा रहेकी ती युवतीलाई कुनै लागु औषध सेवन कर्ता वा गाँउका आवारा युवाहरुले ती युवतीलाई आक्रमण गरेका थिएनन् । कुनै अपराधिक समूहको आक्रमणबाट पनि उनी घाईते भएकी थिइनन् । उनलाई त देश र जनताको रक्षा गर्ने कसम खाएका, राष्ट्रको सिधा खाएका र धर्मग्रन्थमा हात राखेर अपराधका बिरुद्ध लड्न सपथ खाएका प्रहरी कर्मचारीबाटै ती युवतीमाथि बलात्कार र हत्याको प्रयास भएको खुलासा भएको छ ।

सामाजिक सन्जालमार्फत चिनजान भएकी युवतीलाई प्रहरी कर्मचारीले पटकपटक भेट्न दबाब दिने गरेको पिडितकी दिदिले बताएकी छिन् । घाईते युवतीकी दिदीको भनाईमा कहिलेकाहीं आर्थिक सहयोग गर्ने आश्वासन र पटक पटक भेट्ने प्रयास गरेको र अन्त्यमा युवतीलाई ललाईफकाई बलात्कार गर्न सफल भएको र घटना सार्वजानिक हुने डरले हत्याको प्रयास समेत गरे ।

अस्पतालमा उपचाररत पिडित युवतीले ती प्रहरीले जबर्जस्ती पछि ब्यागको रस्सीले घाटीमा बेरेर घिसारेर मार्ने प्रयास गरेको खबरकुरालाई बताएकी छिन् । ‘मृत्यु भएको ठानेर जंगल नजिकको खाल्टोमा फ्याकेर गएपछि केही समयमा होस खुलेको युवती गाउतिर आउदै गरेको गाउलेले देखेपछि सोधखोज गर्दै अस्पताल पुर्याए ।’  उनले भनिन् ।

ज्याला मजदुरी गरेर परिवार पालेका युवतीकी आमाले अहिले छोरीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी छिन् । पैसा अभावमा रहेको उनलाई कसरी उपचार गर्ने त्यो पनि जानकारी छैन । ‘सापटी मागेर छोरीको उपचार गराई रहेकी छु ।’ उनले भनिन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले प्रहरी संगठन भित्रकै उकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नवलपरासी जर्गा स्थित जनपथ प्रहरीका प्रहरी जवान सुरेश कठारिया (थारु) लाई प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरि कानुनी प्रक्रिया अघि बढाएको छ ।

पिडित युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा प्रहरीले कठारियालाई पक्राउ गरेको थियो । कानुन बमोजिम जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा जाहेरी परेको र जाहेरीकै आधारमा पक्राउ गरि अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरिक्षक प्रतितसिंह राठौरले बताएका छन् ।

छोटो समयमा नै घटनाको सफल अनुसन्धान भएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक राठौटले बताए । युवतीलाई ललाईफकाई जबरबस्ती करणी गरि युवकले हत्या प्रयास गरेको अनुसन्धानमा खुलेको उनले बताए । ‘कानुनी रुपमा प्रक्रिया अघि बढेको छ ।’– उनले बताए ।

बलात्कार र यौन हिसा विरुद्ध देशैभर भब्य कार्यक्रम गरिन्छ । वर्षनी घटनाहरुका तथ्याक केलाईन्छ । कारण खोजिन्छ, न्युनिकरणका लागि धेरै तालिम र अभियान चलाईन्छ । हरेक वर्ष बलात्कार र हत्याका घटना न्युनिकरणको साटो बढेको छ । प्रहरी र सरोकारवालाहरुको अध्ययनबाट विशेष गरि पुरुष नभएको एकल परिवार, दलित परिवारहरुमा यौन हिसाका घटना बढि हुने गरेको देखाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ५५ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग