१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

एमाले ओली पक्षले स्पष्टीकरण सोधेपछि नेपाल-खनाल आन्तरिक छलफलमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले शक्ति आफूमा केन्द्रित गरेर स्पष्टीकरण सोधेपछि नेपाल खनाल पक्ष अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि आजै बैठक बस्ने तयारी भ्एको स्रोतले बताएको छ ।

यद्यपी बैठक कुन ठाउँमा कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेको छैन । गत शनिबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका छन् ।

पार्टी केन्द्रीय कार्यालयका कर्मचारीले चारै नेताका घरमा खामबन्दी स्पष्टीकरणपत्र पुर्‍याइसकेका छन् । पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको आरोप लागेका उनीहरुलाई तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : ०७ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा