३ आश्विन २०८३, शनिबार | September 19, 2026

एमाले ओली पक्षले स्पष्टीकरण सोधेपछि नेपाल-खनाल आन्तरिक छलफलमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले शक्ति आफूमा केन्द्रित गरेर स्पष्टीकरण सोधेपछि नेपाल खनाल पक्ष अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि आजै बैठक बस्ने तयारी भ्एको स्रोतले बताएको छ ।

यद्यपी बैठक कुन ठाउँमा कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेको छैन । गत शनिबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका छन् ।

पार्टी केन्द्रीय कार्यालयका कर्मचारीले चारै नेताका घरमा खामबन्दी स्पष्टीकरणपत्र पुर्‍याइसकेका छन् । पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको आरोप लागेका उनीहरुलाई तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : ०७ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको