१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

म्याद गुज्रिएको औषधि छर्किंदा स्थानीयको स्वास्थ्यमा समस्या



महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ ।

पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्क समेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी सरोज चौधरीले जानकारी दिए ।

उनका अनुसार औषधिबाट लामखुट्टे मरेको छैन भने औषधि छर्किएको केही घण्टापछि नै स्थानीयमा जीउ चिलाउने, ज्वरो आउने, बान्ता हुने, जीउ सुन्निने र रिँगटा लाग्ने लगायत समस्या देखिएको छ ।

छरिएको औषधिको उत्पादन मिति २०१८ सेप्टेम्बर लेखिएको छ भने २ वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद गुज्रिएपछि औषधि छर्किएकाले स्थानीयमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्थानीय राजीव कापरले बताए ।

वडाध्यक्ष राकेश राउतले स्थानीयमा देखिएको स्वास्थ्य समस्या औषधिको कारण नभएको दाबी गरे । उनले औषधिमा पानीको मात्रा मिलाएर नछर्किएको हुनसक्ने र सोही कारण केही फाट्टफुट्ट समस्या हुनेसक्ने जानकारी दिए । स्थानीयले जिल्ला अस्पतालबाट स्वास्थ्य टोलीको माग गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : २८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम