काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ । यससँगै पार्टीको १४ औं महाधिवेशन, क्रियाशील सदस्यताको टुंगो लगायतका विषय पनि छलफलका एजेण्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याई कांग्रेसकै अधिकांश नेताहरुले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको सहयोगमा सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन् ।
माओवादी केन्द्रले समेत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरिरहेको छ । तर, सभापति देउवाले भने अझै पनि निर्णय गर्न सकेका छन् ।
प्रतिक्रिया