१७ असार २०८३, बुधबार | July 1, 2026

कांग्रेस पदाधिकारी बैठकमा सरकार निर्माणबारे छलफलै भएन



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सत्ता साझेदारीको विषयमा कुनै छलफल नै नभएको नेता रमेश लेखकले बताएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनबारे कुनै छलफल नभएको लेखकले दाबी गरेका छन्।

संचारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले आवश्यक परे पार्टीले सरकारको नेतृत्व गर्ने भएपनि अहिले अवस्था परिपक्क नबनेको बताए

नेपाली कांग्रेस भित्रैबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको छ । तर, सभापति देउवाले भने अझै पनि परिस्थिति परिपक्क नबनिसकेको बताउँदै आएका छन् ।

‘सरकार बनाउनका लागि परिस्थिति सुनिश्चित र अवस्था परिपक्क भइसकेको छैन’, नेता लेखकले भने, ‘कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा परिपक्क हिसावले निर्णय गर्नुपर्छ । सरकारलाई नेतृत्व दिन भने तयार नै छौं।’

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ५२ बजे

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा

काठमाडौं । स्टार फरवार्ड किलियन एम्बाप्पेको दुई गोलको प्रेरणामा फ्रान्सले

राष्ट्रियसभाको बैठक आज बस्दै, परराष्ट्र र पर्यटनमन्त्रीसँग सांसदका प्रश्न

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो

हालान्डको निर्णायक गोलमा नर्वे अन्तिम १६ मा, अब ब्राजिलसँग भिड्ने

काठमाडौं । एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा नर्वेले आइभरी कोस्टलाई

देशभर मनसुन सक्रिय, आजदेखि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज अधिकांश स्थानमा

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ