२६ बैशाख २०८३, शनिबार | May 10, 2026

बाँके निकुञ्जको लापरवाही : नरभक्षी पाटेबाघ निकुञ्जको खोर भत्काएर जंङ्गल पस्यो



नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण बर्दियाबाट नियन्त्रणमा लिएर होल्डिङमा राख्न बाँके पठाइृएको नरभक्षी बाघ नियन्त्रण तोडेर भागेको छ । निकुन्जले बलियो सुरक्षा प्रबन्ध मिलाउन नसक्दा नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ निकुन्ज कै खोरबाट भागेको हो । बर्दियामा लगातार स्थानीबासीलाई आक्रमण गरि नागरिकको ज्यान जान थालेपछि उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको बाघ होल्डिङ सेन्टरमा राखिएको थियो ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जंङ्गलभित्र नजान स्थानियलाई आग्रह गरेको छ । बाघ भागेको बिषयमा सम्पर्क गर्न खोज्दा निकुञ्जका वार्डेन श्याम कुमार शाहको फोन उठेन । होल्डिङ सेन्टरको खोरको ३ वटा डण्डी भाँचेर बाघ नियन्त्रण बाहिर पुगेको बताईएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेका अनुसार आज बिहान ५ बजे सम्म होल्डिङ सेन्टरमा जडित क्यामेरामा बाघको फोटो कैद भएपनि ७ बजेको आसपासमा खोर भत्काएर बाघ जङ्ंगल तर्फ लागेको थियो ।

बर्दियामा लगातार मान्छेमाथि आक्रमण हुन थालेपछि निकुञ्ज पशासनले बाघ नियन्त्रणमा लिएर गत ५ गते बाँके निकुञ्ज स्थित होल्डिङ सेन्टरमा सो बाघ पठाएको थियो ।

लगातार होल्डिङ सेन्टरमा रहँदा बाघ निकै आक्रमक देखिएको र उत्तेजित बाघले पटक पटक खोर भत्काउन प्रयास गरेको सुचना अधिकृत न्यौपानेले बताए ।

नरभक्षी बाघ खोर बाहिर निस्केपछि निकुञ्ज क्षेत्रमा र त्यस आसपासमा बाहिर ननिस्कन भन्दै राप्ती सोनारी गाँउपालिकाले माईकिंङ गरेर सुचना गरिरहेको छ भने बाँके निकुञ्जका सुचना अधिकृत न्यौपाने पनि घर बाहिर ननिस्कन र मोटरसाईकल, साईकलको यात्रा नगर्न आग्रह गरेको छ ।

गत बिहीवार बर्दियाबाट बाँकेमा ल्याईएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानियलाई आक्रमणगर्दा ६ जना बढी स्थानीयको ज्यान गईसकेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ५१ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु