७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाकिस्तानी प्रधानमन्त्री खानलाई भारतीय समकक्षी मोदीको पत्र; शत्रुतापूर्ण सम्बन्ध सामान्य बनाउने प्रयास



शत्रुतापूर्ण सम्बन्ध रहेका दुई दक्षिण एशियाली मुलुक भारत र पाकिस्तानको बीचमा पछिल्लो केही समययता विभिन्न माध्यमबाट सामान्य सम्वादको आदनप्रदान सुरु भएको छ ।

केही दिन पहिले भारतीय र पाकिस्तानी सेना लाईन अफ कन्ट्रोलमा युद्ध बिरामका लागि सहमत भएका थिए । शत्रुतापूर्णसम्बन्धकै बीच दुई मुलुकबीच व्यापारिक कारोबार पनि विस्तारै सुरु हुन थालेको छ ।

यसै बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी इमरान खानलाई चिठी लेखेका छन् । पाकिस्तान दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री मोदीले एक छिमेकी देश र जनतासँग हार्दिक सम्बन्ध बनेको हेर्न चाहेको उल्लेख गरेका छन् ।

मोदीले यस्तो सम्बन्ध बनाउन आतंकवाद एवं शत्रुतामुक्त र विश्वास एवं भरोसायुक्त माहौल आवश्यक रहेको जिकिर गरेका छन् ।मोदीले पाकिस्तानले कोरोना भाइरसको नियन्त्रणमा सफलता हासिल गरोस भन्ने कामना पनि गरेका छन् ।

यसैगरी भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पनि पाकिस्तानी समकक्षी आरिफ़ अल्वीलाई पत्र पठाउँदै पाकिस्तान दिवस उपलक्ष्यमा शुभकामना दिएका छन् ।

गत महिना दुवै मुलकका मिलिटरी अपरेशनका डायरेक्टर जनरल (डीजीएमओ)ले संयुक्त वक्तव्य जार गर्दै आकस्मिक रुपमा नियन्त्रण रेखामा युद्धबिरामको घोषणा गरेका थिए । त्यसबेलादेखि सीमा क्षेत्रमा शान्ति कायम भएको छ भने युद्धविरामको पूर्ण पालना भएको देखिएको छ ।

यसैबीच, सिन्धु नदी जलसम्झौता वार्ताका लागि ८ सदस्यीय पाकिस्तानी प्रतिनिधिमण्डलले नयाँ दिल्लीको भ्रमण गरेको छ । पाकिस्तानका इन्दुस वाटर कमिश्नर सैयद मेहर ए आलमको नेतृत्वमा भारतीय समकक्षीसँग वार्ता भैरहेको छ । यो वार्ता दुई वर्षपछि भएको हो ।

हालसालै पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाले दुई देशले पुरानो कुरा भुलेर अघि बढ्नुपर्ने बताएका थिए ।

भारत र पाकिस्तानको सम्बन्धमा देखिएको परिवर्तनमा तेस्रो देशको हात रहेको विश्वास गरिएको छ । साउदी अरबका उपविदेशमन्त्री आदिल अल जुबैरले केही दिन पहिले आफ्नो देश भारत र पाकिस्तानबीचको तनाव कम गर्ने प्रयासमा लागेको बताएका थिए ।

अरब न्यूजलाई दिएको अन्तर्वार्तामा आदिल अल जुवैरले सऊदी अरब पुरै इलाकामा शान्ति र अमनका लागि प्रयास गरिरहेको जनाएका थिए । यस्तै, दुई मुलुकको सम्बन्धमा सुधार ल्याउन संयुक्त अरब इमिरेट्स (यूएई)को मध्यस्थता रहेको दाबी संचारमाध्यममा आएको थियो ।

भारतीय दैनिक द हिन्दुको एक रिपोर्ट अनुसार यूएईको मध्यस्थतामा भारत र पाकिस्तानबीच पर्दा पछाडि छलफल भएको जनाइएको थियो । यद्यपी, भारत र पाकिस्तान दुवै मुलुकले यसको पुष्टि गरेका छैनन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ४५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११