१० माघ २०८२, शनिबार | January 24, 2026

दुई नाबालिकालाई ९ दिनदेखि बन्धक बनाई करणी गर्ने दुई जना पक्राउ



रुकुम । दुई बालिकालाई अपहरण गरी ९ दिन सम्म शरीर बन्धक राखेर जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।

रुकुम –पूर्वमा १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी बिगत ९ दिनदेखि शरीर बन्धक बनाएर करणी गरेको भन्दै प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बालिका अपहरणको अभियोगमा रुकुमकोटका स्थानीय २३ वर्षका पुरुष र १४ वर्षका बालकलाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले बताए । प्रहरीका अनुसार अपहरण गर्ने उनिहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

चैत्रको १ गते घरबाट हराएका ती बालिकाहरु हराएको सम्बन्धमा हराएको १ सातापछि मात्र प्रहरीमा उजुरी आएको डीएसपी श्रेष्ठले बताए । उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दा एक नाबालक किशोर सहित अर्का एकजनाले उनीहरुलाई कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको डिएसपी श्रेष्ठले बताए ।

बालिकाहरुले प्रहरीलाई करणी भएको बयान दिएको आधारमा उनीहरुमाथि अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको अभियोगमा मुद्दा दर्ता गर्ने प्रहरीले तयारी गरेको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणमा बालिकाहरु स्वस्थ रहेको भएपनि करणीका सम्बन्धमा जिल्ला अस्पतालबाट रिपोर्ट आई नसकेको श्रेष्ठले बताए ।

पक्राउ परेका २३ वर्षिय पुरुष पनि १४ वर्षीय नाबालकको अपराधसँगै जोडिएर आउने भएका कारण नाम खुलाउन नमिल्ने डीएसपी रुेष्ठले बताए । १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकामाथी करणी हुदै आएको अनुसन्धानबाट खुल्न आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

उद्दार गरिएका बालिकाहरुले बिहान ५ बजेको समयमा दिसा पिसाब गराउनको लागि आफै शौचालय लैजाने र दिन भरी कोठामा थुनेर राख्ने गरेको प्रहरीलाई बताएका छन् । बालीकाहरु रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिएर चुप लाग्न बाध्य पारिने गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ४७ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको