१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा सर्दै, प्रधानमन्त्री ओलीद्वारा नयाँ भवन निरीक्षण



काठमाडौं । सर्दै गरेको पार्टी कार्यालय भवन हेर्न प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली पुगेका छन् ।

थापाथलीको उमंगहाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवाल नामका व्यापारीको घरमा आगामी बैशाख १ गतेदेखि एमालेको केन्द्रीय कार्यालय सर्दैछ । यसका लागि एमालेले घरधनीसँग ५ वर्षको घरभाडा सम्झौता गरेको छ ।

केहीबेर निरीक्षण गरेका प्रधानमन्त्रीले कार्यालय भवन राम्रो रहेको बताएको कृषि तथा पशुपंक्षीमन्त्री पद्मा अर्यालले बताइन ।

सो घर प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले खोजेका हुन् । दुगडले घरधनीसँग पाँच वर्षका लागि सम्झौताभएको बताए ।

यसअघि सो घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो। प्रशस्त पार्किङसहित साढे दुई तला रहेको घरमा १३ वटा कोठा रहेका छन् ।

२०७२ साल बैशाखमा गएको भूकम्पले बल्खुस्थित आफ्नै कार्यालय भवन भत्केपछि एमाले धुम्बाराहीस्थित पासाङ ल्यामु स्मृति प्रतिष्ठानको घरमा भाडामा बसिरहेको थियो ।

केही दिनअघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले बल्खुमा सुविधासम्पन्न नयाँ भवन बनाउने निर्णय गरिसकेको छ । आगामी बैशाख ९ गते पार्टी स्थापनाको अवसर पारेर सोही भवनको शिलन्यास गरिने बताइएको छ ।

एमाले पार्टीको नाममा बल्खुमा करिब १३ रोपनी जग्गा छ ।

 

 

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १ : ३६ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा