१७ असार २०८३, बुधबार | July 1, 2026

संविधान अस्वीकार गरेका तत्वले नेकपाकै एक अध्यक्षलाई दलाल र मोहोरा बनाए : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मन नपराएकाहरुले नेकपाका एक अध्यक्षलाई दलालको रुपमा मोहोरा बनाएको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपामा जसलाई पार्टी अध्यक्ष बनाएका थियौं, उनैलाई संविधान विरोधीले मोहोरा बनाएको बताएका हुन् । प्रचण्डले थपे, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।’

प्रचण्डले नेपालीले आफ्नो निर्णय गर्ने अधिकार खोसेर आदेशपालकहरु मात्र खोजिएको बताए । आफूलाई यसबाट निकै पीडाबोध भएको उनले बताए।

प्रचण्डले नेपालीलाई निरिह बनाउन र हेप्न थालेको बताए । शान्ति प्रक्रियादेखि संविधान निर्माण हुँदै एमाले माओवादी केन्द्रको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाब र हस्तक्षेप नभै आफै निर्णय गरेको बताउँदै उनले त्यसलाई मन नपराएकाहरुले सबै ध्वंस गर्न लागेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेर उनीहरुकै आदेश पालना गरेको जिकिर गरे ।

जनताको आन्दोलन र दबाबका कारण सर्वोच्च अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदम खारेज गरेर संसद पुनर्स्थापित गरेपनि सो फैसलासँग बाझिने गरी अर्को फैसला आएको बताए । उनले अहिले झन ठूलो खतरा बढेको भन्दै नेपालीको आत्मर्णियको अधिकारलाई धरापमा पारिएको जिकिर गरे ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  २ : ५७ बजे

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने