६ माघ २०८२, मंगलबार | January 20, 2026

मुख्यमन्त्री राईद्वारा प्रदेश १ को मन्त्रिपरिषद विस्तार, प्रचण्ड र नेपाल छोडेका सांसदलाई मन्त्री उपहार



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले माओवादी केन्द्र छोडेर एमाले बनेका टंक आङ्वुहाङसहित दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् ।

आङ्वुहाङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ । यसैगरी एमालेभित्र माधव नेपाल समुह परिवर्तन गरी ओली समुहमा लागेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ । राई केही समयअघि उनका श्रीमान शेरबहादुर तामाङसहित माधव नेपाललाई छोडेर ओलीलाई समर्थन गर्न पुगेका थिइन ।

यसैगरी मुख्यमन्त्री राईले राजकुमार ओझालाई वन राज्यमन्त्रीमा नियुक्ति दिएका छन् भने कला घलेलाई कृषि राज्यमन्त्रीको जिम्मा दिएका छन् ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर फुल मन्त्री बनेका छन् । मगर पनि यसअघि नेपाल पक्ष रहेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रदेश १ का प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि पुष १२ गते तत्कालिन नेकपाका ३७ जना सांसदहरुले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेश १ को एमालेको संसदीय दल बैठकले एक हप्ताभित्र अविश्वासको प्रस्ताव फिर्ता लिन त्यसमा हस्ताक्षर गरेका सांसदहरुलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : १६ बजे

रास्वापका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका