२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

संसदलाई जीवन्त बनाउन प्रयास भैरहेको छ : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेसनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताए । तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै सापकोटाले अव जनताको अपेक्षा अनुसार काम गर्ने अपेक्षा व्यक्त गरे ।

गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको बताउँदै उनले उतारचढाव र महान बहसपछि संसदले पुनः गति लिएको बताए । उनल भने, ‘त्यो बसहको बीचबाट फेरी नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् । यसले सही निष्कर्षतिर नै पु-याउँछ । हाम्रो बहस जारी छ ।’

संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाले गरे । ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पुरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन की भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट उठको छ । त्यसलाई म उच्च सम्मान गर्छु’, उनले भने, ‘तरपनि राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला ठूला समस्याहरुको समाधान गरेको छ ।’

संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पारे । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लडन तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १ : ५७ बजे

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ