१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरासेल’ आज नेपाल आईपुग्दै



काठमाडौं । चीन सरकारले सहयोगकारुपमा उपलब्ध गराउने घोषणा गरेको कोरोना विरुद्धको चिनियाँ खोप आज काठमाडौं आईपुग्ने भएको छ । चीन सरकारले निशुल्क उपलब्ध गराउने घोषणा गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो ।

खोप ल्याउनका लागि आईतबार चीनको राजधानी बेईजिङ पठाईएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजले सोमबार राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ल्याईपु-याउने नेपाल वायुसेवा निगमले जनाएको छ ।

गत माघ महिनामा भारत सरकारले १० लाख डोज खोप नेपाललाई समयोग स्वरुप उपलब्ध गराएलगत्तै चीनले नेपाललाई ८ लाख डोज कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन घोषणा गरेको थियो ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने बिज्ञहरुले बताएका छन् । कोभिशिल्ड जस्तै चिनिया खोप पनि दुई मात्रा लगाउनुपर्ने खोप बिज्ञहरुले भनेका छन् ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : १२ बजे

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय