७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ आइपुग्यो काठमाडौं



काठमाडौं । चीन सरकारले अनुदान सहयोगका रुपमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी-३३० विमानमार्फत सो खोप सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको हो ।

चीन सरकाले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराएको हो । विमानस्थल आइपुगेको खोप चिनियाँ राजदूत हौउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छिन् ।

 

सिनोर्फामअन्तर्गत रहेको बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले कोभिड–१९ विरुद्धको भेरोसेल खोप उत्पादन गरेको छ । सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । चिनियाँ खोप पनि दुई पटक गरी दुई डोज लगाउनुपर्छ ।

औषधी व्यवस्था विभागले ‘सिनोफार्म’ कम्पनीको उत्पादन ‘भेरोसेल’ खोपलाई दुई महिना अघि आपतकालीन अनुमति प्रदान गरेको थियो ।

औषधी व्यवस्था विभागले गत २०२१ को जनवरी १६ मै सिनोर्फामलाई आपतकालीन अनुमति दिएपनि यससम्बन्धी सुचना त्यसको एक महिना पछि १७ फ्रेबुअरीमा मात्र प्रकाशित गरिएको थियो ।

सरकारले भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाले निर्माण गरेको ‘कोभिसिल्ड’ नामक खोपको २० लाख डोज किन्ने निर्णय गरे लगत्तै चिनियाँ सिनोफार्मका लागि आपतकालीन अनुमति प्रदान गरिएको सूचना प्रकाशित गरिएको थियो ।

 

चिनियाँ दूतावासले सुरुमा नेपाललाई तीन लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको थियो । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी बीच भएको टेलिफोन छलफल पछि थप दुई लाख डोज खोप उपलब्ध गराउने सहमति भएको थियो । त्यसपछि पुनः तीन लाख डोज थपेर आठ लाख डोज खोप उपब्ध गराउने चीनले घोषाणा गरेको थियो ।

पाकिस्तान, यूएई लगायतका मुलुकमा चिनियाँ कम्पनी सिनोफार्मको कोरोना खोपको आपतकालीन प्रयोग गरिसकिएको छ । सिनोफार्मको खोप ७९ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

तस्विर  : चिनियाँ राजदूतको ट्वीटरबाट

 

 

 

 

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११