१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बागलुङ घटना अत्यन्तै निन्दनीय : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले बागलुङको गुल्मी र प्यूठानसंँगको सिमाना बल्देधुरीमा आइतबार भएको घटना अत्यन्तै निन्दनीय भएको जनाएको छ ।

कांग्रेस विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत घटनामा होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ सरकारसँग माग गरेका छन् ।

घटनामा प्रकाश कुँवर र दीपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुनुहुन्छ । दुबै युवाको मृत शरीर भिरबाट करीब ४०० मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसँग संवाद गर्न र जीवन गुमाएका युवाका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम आज बिहान घटनास्थल प्रस्थान गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कारवाही अघि बढाउन कांग्रेसले माग गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : ३६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान