१७ असार २०८३, बुधबार | July 1, 2026

बागलुङ घटना अत्यन्तै निन्दनीय : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले बागलुङको गुल्मी र प्यूठानसंँगको सिमाना बल्देधुरीमा आइतबार भएको घटना अत्यन्तै निन्दनीय भएको जनाएको छ ।

कांग्रेस विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत घटनामा होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ सरकारसँग माग गरेका छन् ।

घटनामा प्रकाश कुँवर र दीपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुनुहुन्छ । दुबै युवाको मृत शरीर भिरबाट करीब ४०० मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसँग संवाद गर्न र जीवन गुमाएका युवाका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम आज बिहान घटनास्थल प्रस्थान गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कारवाही अघि बढाउन कांग्रेसले माग गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : ३६ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित