१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अत्याधिक प्रदुषण बढेपछि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द



काठमाडौं । अत्याधिक प्रदुषण बढेपछि भोलिदेखि चार दिन देशभरका सबै शिक्षणसंस्था बन्द हुनेभएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।

बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको थियो ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ५३ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने