६ श्रावण २०८३, बुधबार | July 22, 2026

ओली-नेपाल नदीका दुई किनारा !



काठमाडौं । समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट निलम्बन गरेपछि उनीहरुबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यताबाटै निलम्बन गर्ने तहसम्म पुगेका छन् ।

पार्टीका तर्फबाट स्पष्टीकरण सोधिएपछि नेता नेपालले ओलीसँग साढे चार दशकभन्दा लामो सम्बन्ध एकै रातमा नटुट्ने बताएका थिए । तर, ओलीले नेपालको त्यो भावुकतालाई बुझेनन्, बरु कारबाही प्रक्रिया अघि बढाए ।

झापा आन्दोलन हुँदै को-ओर्डिनेसन केन्द्रमा जोडिन आएका ओली र कोओर्डिनेसन केन्द्रबाटै पार्टी एकीकरण अभियान थालेका नेपालबीच करिब ४७ वर्ष लामो सम्बन्ध भए पनि ओली-नेपाल अब एकै ठाउँमा बस्न नसक्ने अवस्था पैदा भएको छ ।

मदन भण्डारीको मृत्युपछि कुनै बेला यी दुई नेता देशव्यापी कार्यक्रममा जाँदा एउटै जहाज र एउटै गाडीमा हिँड्दैनथे । उनीहरुमा पार्टीप्रतिको लगाव र माया भने यति धेरै थियो, कहिलेकाहीँ मनमुटाव भइहाले पनि चाँडै मिलिहाल्थे । तर, डेढ वर्ष अघि भदौदेखि सुरु भएको खटपटले अहिलेसम्म आइपुग्दा उनीहरुलाई करिबकरिब नदीका दुई किनारा बनाएको हो । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : १० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क