७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

एमालेका ११ स्थायी कमिटी सदस्यहरुको निस्कर्ष : ओलीले पार्टी र कम्युनिष्ट आन्दोलन ध्वंस गर्न लागे



काठमाडौं । नेकपा एमालेका ११ जना स्थायी कमिटी सदस्यहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वंस गर्न लागेको आरोप लगाएका छन् ।

माधव नेपाल पक्षधर ११ जना स्थायी कमिटी सदस्यहरुले ओलीले पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई नै ध्वंस गराउन लागेको बताएका हुन् । जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बनेका ओलीले राज्यका विभिन्न निकायलाई निकम्मा बनाएको उनीहरुले जिकिर गरेका छन् ।

ओलीद्वारा नेकपा एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेको आरोप उनीहरुले लगाएका छन् ।

मंगलबार सम्पन्न ११ जना नेताहरुको बैठकले ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै पार्टीमा तानाशाही लाद्ने काम गरेको आरोप समेत लगाएका छन् ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्ने दुष्प्रयास भइरहेको छ।’

नेपाल पक्षले ओलीको तानाशाही प्रवृतिका विरुद्ध देशभर समानान्तर कमिटी ब्युँताउने निर्णय समेत गरेको छ ।

अध्यक्ष ओलीले सोमबार मात्र वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेका छन् । यसैगरी घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई समेत कारवाहीको तयारी गरेका छन् भने नेपाल पक्षमा लाग्ने सबै नेता कार्यकर्तालाई एक एक गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।

 

 

 

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ४५ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने