१७ असार २०८३, बुधबार | July 1, 2026

एमालेका ११ स्थायी कमिटी सदस्यहरुको निस्कर्ष : ओलीले पार्टी र कम्युनिष्ट आन्दोलन ध्वंस गर्न लागे



काठमाडौं । नेकपा एमालेका ११ जना स्थायी कमिटी सदस्यहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वंस गर्न लागेको आरोप लगाएका छन् ।

माधव नेपाल पक्षधर ११ जना स्थायी कमिटी सदस्यहरुले ओलीले पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई नै ध्वंस गराउन लागेको बताएका हुन् । जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बनेका ओलीले राज्यका विभिन्न निकायलाई निकम्मा बनाएको उनीहरुले जिकिर गरेका छन् ।

ओलीद्वारा नेकपा एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेको आरोप उनीहरुले लगाएका छन् ।

मंगलबार सम्पन्न ११ जना नेताहरुको बैठकले ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै पार्टीमा तानाशाही लाद्ने काम गरेको आरोप समेत लगाएका छन् ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्ने दुष्प्रयास भइरहेको छ।’

नेपाल पक्षले ओलीको तानाशाही प्रवृतिका विरुद्ध देशभर समानान्तर कमिटी ब्युँताउने निर्णय समेत गरेको छ ।

अध्यक्ष ओलीले सोमबार मात्र वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेका छन् । यसैगरी घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई समेत कारवाहीको तयारी गरेका छन् भने नेपाल पक्षमा लाग्ने सबै नेता कार्यकर्तालाई एक एक गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।

 

 

 

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ४५ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६