७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री ओलीको आक्रोश : देश प्रचण्ड भन्ने मान्छेको स्वार्थमा सती जानुपर्ने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको स्वार्थमा देश सती जान नसक्ने बताएकाछन् ।

रिपोटर्स क्लबको बार्षिकोत्सक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डका कारण देश बर्बाद हुन थालेको आरोप लगाउँदै उनको पछि देश सती जान नसक्ने बताएका हुन् ।

ओलीले देश देश प्रचण्डकै कारण समस्या परेको आक्रोश पोख्दै भने, ‘केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे। के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?’

प्रधानमन्त्री ओलीले पार्टी एकता भंग गर्यो भन्दै अदालतलाई प्रचण्डले गरेको टिप्पणीको आलोचना गरे । उनले पहिल्यै पार्टी एकता प्रचण्डले नै भंग गरेको जिकिर गरे । पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट समेत निष्काशन गरेर उनैले एकता भंग गरेको ओलीको आरोप थियो ।

उनले भने, ‘एकता के बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत हटाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने रु तैपनि मैले कुरा गर्नलाई फोन गरेँ । उहाँले मजाक बनाएर अखबारवाजी गर्नुभो । अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर कोल चाट्ने ?’

प्रधानमन्त्री ओलीले महाधिवेशनमा आफुसँग हारेका नेताले बीचैमा अध्यक्ष चाहियो भनेर बखेडा झिकेको भन्दै माधव कुमार नेपालको उच्छितो काडे । ‘मैसँग अध्यक्षमा हारेको मान्छे मलाई चाहियो मलाई चाहियो रे !’, ओली ब्यंग गर्दै भने, ‘माधव नेपाललाई मैले तेस्रो अध्यक्ष बन्नुस् पनि भनेँ, तपाईं त ठूलो मान्छे भनेर कसले उचालिदिएछन्, तेस्रो अध्यक्ष खान्न भनिदिए ।’

 

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ०८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११