११ बैशाख २०८१, मंगलबार | April 23, 2024

संविधान विरोधी क्रुर प्रतिक्रियावादीले परिवर्तन उल्ट्याउन ओलीलाई प्रयोग गरे : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रुपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताएका छन् ।

मंगलबार २०औँ जेल ब्रेक दिवसको अवसरमा आयोजित अन्र्तक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले देशको संविधानमाथि प्रतिक्रियावादीहरुले प्रहार गरेको र त्यसको प्रतिनिधिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको बताएका हुन् । देशको राजनीतिक उपलब्धीहरुलाई उल्ट्याउने षड्यन्त्र र कसरतहरु भइराखेको पनि अध्यक्ष प्रचण्डले बताए । संसद विघटनको घटना सामान्य घटना मात्रै नभइ जनयुद्ध र जनआन्दोलनको बलमा आएका परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रको हिस्सा भएको पनि बताए ।

प्रचण्डले भने, ‘संविधानमाथि फेरि एकपटक बडो निर्मम ढंगले प्रहार गर्ने कसरत प्रतिक्रियावादी वर्गले, गरिरहेको छ । ति वर्गको प्रतिनिधिहरु मध्येपनि सबैभन्दा क्रुर, गणतन्त विरोधी, संघीयता विरोधी, समावेशी विरोधी, समानुपातिकता विरोधी प्रतिनिधिहरुको खोजी गर्ने क्रममा उनीहरुले केपी ओलीलाई प्रयोग गरेका थिए । उनीहरुले यी उपलब्धीहरुलाई उल्ट्याउने षड्यन्त्र र कसरत गरिराखेका छन् ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले फागुत २३ गते गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को खारेज गर्ने फैसलाको विरुद्धमा पुनरावलोकनमा गएको भन्दै सर्वोच्चले आफ्नो फैसलालाई पुनरावलोकन गर्ने विश्वास व्यक्त गरे । आाजै मात्र पार्टी अध्यक्षको हैसियतले अस्ति २३ गते फागुनमा अदालतले गरेको निर्णय पार्टीलाई दुईटा बनाइदिने अलि अप्राकृतिक र अस्वभाविक निर्णयका विरुद्ध पुनरावलोकन भनेर सर्वोच्च अदालतमा दर्ता गरेको बताउँदै प्रचण्डले त्यसमा सर्वोच्चले पुनरावलोकन गर्ने विश्वास व्यक्त गरे ।’

अध्यक्ष प्रचण्डले नेकपा(एमाले) का नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरु पनि पुनरावलोकनको पक्षमा रहेको भन्दै पुनरावलोकनको पक्षमा रहेको बहुमतलाई सर्वोच्चले ध्यान दिनुपर्ने जिकिर गरे । उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को त्यहाँ माधव नेपाल, झलनाथ खनाल लगायत जो हामी दुई तिहाइ बहुमत हस्ताक्षर लिएर संसदीय दलमा गएका थियौँ । हामी सबैको पनि पुनरावलोकन हुनुपर्छ भन्ने छ । यो सबैले बुझ्नु जरुरी छ ।’

अदालतको फैसलामा असहमती जनाउँदै आफुहरु पुनरावलोकनमा गएको भएपनि सर्वोच्च अदालतको फैसलालाई आफुहरुले मानिरहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ४० बजे

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।