१४ चैत्र २०८२, शनिबार | March 29, 2026

संविधान विरोधी क्रुर प्रतिक्रियावादीले परिवर्तन उल्ट्याउन ओलीलाई प्रयोग गरे : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रुपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताएका छन् ।

मंगलबार २०औँ जेल ब्रेक दिवसको अवसरमा आयोजित अन्र्तक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले देशको संविधानमाथि प्रतिक्रियावादीहरुले प्रहार गरेको र त्यसको प्रतिनिधिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको बताएका हुन् । देशको राजनीतिक उपलब्धीहरुलाई उल्ट्याउने षड्यन्त्र र कसरतहरु भइराखेको पनि अध्यक्ष प्रचण्डले बताए । संसद विघटनको घटना सामान्य घटना मात्रै नभइ जनयुद्ध र जनआन्दोलनको बलमा आएका परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रको हिस्सा भएको पनि बताए ।

प्रचण्डले भने, ‘संविधानमाथि फेरि एकपटक बडो निर्मम ढंगले प्रहार गर्ने कसरत प्रतिक्रियावादी वर्गले, गरिरहेको छ । ति वर्गको प्रतिनिधिहरु मध्येपनि सबैभन्दा क्रुर, गणतन्त विरोधी, संघीयता विरोधी, समावेशी विरोधी, समानुपातिकता विरोधी प्रतिनिधिहरुको खोजी गर्ने क्रममा उनीहरुले केपी ओलीलाई प्रयोग गरेका थिए । उनीहरुले यी उपलब्धीहरुलाई उल्ट्याउने षड्यन्त्र र कसरत गरिराखेका छन् ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले फागुत २३ गते गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को खारेज गर्ने फैसलाको विरुद्धमा पुनरावलोकनमा गएको भन्दै सर्वोच्चले आफ्नो फैसलालाई पुनरावलोकन गर्ने विश्वास व्यक्त गरे । आाजै मात्र पार्टी अध्यक्षको हैसियतले अस्ति २३ गते फागुनमा अदालतले गरेको निर्णय पार्टीलाई दुईटा बनाइदिने अलि अप्राकृतिक र अस्वभाविक निर्णयका विरुद्ध पुनरावलोकन भनेर सर्वोच्च अदालतमा दर्ता गरेको बताउँदै प्रचण्डले त्यसमा सर्वोच्चले पुनरावलोकन गर्ने विश्वास व्यक्त गरे ।’

अध्यक्ष प्रचण्डले नेकपा(एमाले) का नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरु पनि पुनरावलोकनको पक्षमा रहेको भन्दै पुनरावलोकनको पक्षमा रहेको बहुमतलाई सर्वोच्चले ध्यान दिनुपर्ने जिकिर गरे । उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को त्यहाँ माधव नेपाल, झलनाथ खनाल लगायत जो हामी दुई तिहाइ बहुमत हस्ताक्षर लिएर संसदीय दलमा गएका थियौँ । हामी सबैको पनि पुनरावलोकन हुनुपर्छ भन्ने छ । यो सबैले बुझ्नु जरुरी छ ।’

अदालतको फैसलामा असहमती जनाउँदै आफुहरु पुनरावलोकनमा गएको भएपनि सर्वोच्च अदालतको फैसलालाई आफुहरुले मानिरहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ४० बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको