१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सबैखाले भेला, सम्मेलन, जुलुस रोक्न सबै जिल्लाका सीडीओहरुलाई आग्रह



काठमाडौं । सरकारले देशभर पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै सबैखाले सबैखाले भेला सम्मेलन, जुलुस रोक्न आग्रह गरेको छ ।

चैत १८ गते बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)ले कोभिड संक्रमण बढ्न सक्ने भन्दै देशभर भीडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको हो ।

बुधबार कोभिड–१९ मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न अनुरोध गरे ।

गौतमले जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले निर्देशन दिएको पनि जानकारी गराए । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने गौतमले बताए ।

यस्तै, देशभरका सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । सरकारी प्रयोगशालमा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने गौतमले बताए ।

यस्तै, संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय पनि भएको पनि गौतमले जानकारी दिए ।

 

२४ घण्टामा १६२ जनामा संक्रमण

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका छन् । तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा सङ्क्रमण देखिएको गौतमले बताए ।

बुधबार थपिएका १६२ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४९३ छन् । यस्तै उपत्यकामा ६७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ५९ जना छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा निको हुने दर ९८।४ प्रतिशत रहेको छ । बुधबार कुनै पनि सङ्क्रमितको निधन भएको छैन ।

यस्तै आइसोलेशनमा एक हजार ४९३ र क्वारेन्टिनमा ५९ रहेका छन् । देशभर ३८ सघन उपचार कक्ष (आइसियु) र पाँच भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ५ : ५४ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा