१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आज अप्रिल फुल डे : यसरी सुरुवात भएको थियो मूर्ख बनाउने चलन



काठमाडौं । आज अप्रिल १ अर्थात मूर्ख बनाउने दिन आज संसारभर मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ ।

आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो ।

किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो। १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए । तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउथ्ये । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए ।

अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी अनुसार पहिलेको क्यालेन्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेन्डरमा संसोधन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो । यो संसोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालिन राजा चार्ल्स नवौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरे ।

जनताले राजालाई स्वीकारेर पहिलो जनवरीलाई वर्षको शुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरुको दिन’ भनी नामकरण गरे ।

यसरी पहिलो अप्रिललाई वर्षको शुरुवात मान्नेहरूलाई उनीहरुले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू पठाएर खिसी उडाउन थाले । तिनीहरुलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरुलाई मूर्ख बनाउने प्रचलनको शुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।

अप्रिल फुल यसअघि नै सुरु भएको थियो भन्ने दावी पनि छन् । एक किम्वदन्तीले १३९२ बाटै मानिसलाई १ अप्रिलमा मूर्ख बनाउन थालिएको थियो भन्छ, यस दाबीअनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्सरले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको संकेत गरेका छन्, यसलाई कतिले १ अप्रिल भनेर अथ्र्याएका छन् र यतिबेला पनि झुक्याउने खेल हुन्थ्यों भनेका छन् ।

यद्यपी, १ अप्रिल कहीं उल्लेख छैन । केही रिपोर्टका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक दाबीअनुसार १५३९ कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मूर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किंवदन्ती प्रचलनमा छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ८ : २१ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको