३ आश्विन २०८३, शनिबार | September 19, 2026

आज अप्रिल फुल डे : यसरी सुरुवात भएको थियो मूर्ख बनाउने चलन



काठमाडौं । आज अप्रिल १ अर्थात मूर्ख बनाउने दिन आज संसारभर मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ ।

आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो ।

किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो। १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए । तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउथ्ये । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए ।

अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी अनुसार पहिलेको क्यालेन्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेन्डरमा संसोधन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो । यो संसोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालिन राजा चार्ल्स नवौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरे ।

जनताले राजालाई स्वीकारेर पहिलो जनवरीलाई वर्षको शुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरुको दिन’ भनी नामकरण गरे ।

यसरी पहिलो अप्रिललाई वर्षको शुरुवात मान्नेहरूलाई उनीहरुले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू पठाएर खिसी उडाउन थाले । तिनीहरुलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरुलाई मूर्ख बनाउने प्रचलनको शुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।

अप्रिल फुल यसअघि नै सुरु भएको थियो भन्ने दावी पनि छन् । एक किम्वदन्तीले १३९२ बाटै मानिसलाई १ अप्रिलमा मूर्ख बनाउन थालिएको थियो भन्छ, यस दाबीअनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्सरले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको संकेत गरेका छन्, यसलाई कतिले १ अप्रिल भनेर अथ्र्याएका छन् र यतिबेला पनि झुक्याउने खेल हुन्थ्यों भनेका छन् ।

यद्यपी, १ अप्रिल कहीं उल्लेख छैन । केही रिपोर्टका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक दाबीअनुसार १५३९ कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मूर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किंवदन्ती प्रचलनमा छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ८ : २१ बजे

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी