१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ओली सरकारलाई गरेको समर्थन फिर्ता लिनबाट पछि हट्यो माओवादी केन्द्र



काठमाडौं । सरकारलाई माओवादीको तर्फबाट दिईएको समर्थन फिर्ता गर्ने निर्णयको अपेक्षा गरिएको माओवादी केन्द्र स्थायी समितिको बैठक अझै केहिदिन समर्थन फिर्ता नलिने निश्कर्ष सहित टुङ्गिएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको अनौपचारिक बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने आँकलन गरिएको थियो । तर परिस्थिति स्पष्ट नभएको भन्दै बैठकले केहिदिन समथैन फिर्ता नलिने निश्कर्ष निकालेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले पनि परिस्थिति स्पष्ट नभएको भन्दै स्थायी समिति सदस्यहरुले समय मागेका कारण आज कुनै निर्णय नभएको बताए।

‘अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन, विभिन्न राजनीतिक पार्टीहरुसँग भएको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा अगाडि कसरी बढ्ने निर्क्यौल गर्न केही समय माग गर्नुभएको छ’, श्रेष्ठले भने, ‘ केहिदिन भित्रै राजनीतिक घटनाक्रमलाई कता लैजाने, कोर्स कसरी लैजाने भन्ने बारेमा हाम्रो भूमिकाका बारेमा आवश्यक निर्णय लिन्छौँ।’

श्रेष्ठले एक/दुई दिनभित्रै स्थायी समितिको बैठक बसेर यसबारे निर्णय लिने बताए।

उनले बैठकमा विभिन्न पार्टीहरुसँग भएको वार्ताका बारेमा अध्यक्ष प्रचण्डले सदस्यहरुलाई ब्रिफिङ गर्ने काम भएको बताए।

केपी ओली नेतृत्वको सरकारलाई आफूहरुको कुनै समर्थन नरहेको बताउँदै उनले प्राविधिक रुपमा पत्र लेख्न मात्रै बाँकी रहेको बताए।

अध्यक्ष प्रचण्डले नागरिक आन्दोलनका अभियन्ताहरुले प्रज्ञाभवनको डबलीमा एक दुईदिन भित्रै समर्थन फिर्ता लिने जानकारी गराएका थिए ।

प्रवक्ता श्रेष्ठले संसद पूरा आयू चल्नुपर्छ र त्यो ओली सरकारको विस्थापन गरेरमात्र चल्ने पर्छ भन्ने आफूहरुको मत रहेको बताए।

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : ११ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर