१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

ओली सरकारलाई गरेको समर्थन फिर्ता लिनबाट पछि हट्यो माओवादी केन्द्र



काठमाडौं । सरकारलाई माओवादीको तर्फबाट दिईएको समर्थन फिर्ता गर्ने निर्णयको अपेक्षा गरिएको माओवादी केन्द्र स्थायी समितिको बैठक अझै केहिदिन समर्थन फिर्ता नलिने निश्कर्ष सहित टुङ्गिएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको अनौपचारिक बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने आँकलन गरिएको थियो । तर परिस्थिति स्पष्ट नभएको भन्दै बैठकले केहिदिन समथैन फिर्ता नलिने निश्कर्ष निकालेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले पनि परिस्थिति स्पष्ट नभएको भन्दै स्थायी समिति सदस्यहरुले समय मागेका कारण आज कुनै निर्णय नभएको बताए।

‘अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन, विभिन्न राजनीतिक पार्टीहरुसँग भएको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा अगाडि कसरी बढ्ने निर्क्यौल गर्न केही समय माग गर्नुभएको छ’, श्रेष्ठले भने, ‘ केहिदिन भित्रै राजनीतिक घटनाक्रमलाई कता लैजाने, कोर्स कसरी लैजाने भन्ने बारेमा हाम्रो भूमिकाका बारेमा आवश्यक निर्णय लिन्छौँ।’

श्रेष्ठले एक/दुई दिनभित्रै स्थायी समितिको बैठक बसेर यसबारे निर्णय लिने बताए।

उनले बैठकमा विभिन्न पार्टीहरुसँग भएको वार्ताका बारेमा अध्यक्ष प्रचण्डले सदस्यहरुलाई ब्रिफिङ गर्ने काम भएको बताए।

केपी ओली नेतृत्वको सरकारलाई आफूहरुको कुनै समर्थन नरहेको बताउँदै उनले प्राविधिक रुपमा पत्र लेख्न मात्रै बाँकी रहेको बताए।

अध्यक्ष प्रचण्डले नागरिक आन्दोलनका अभियन्ताहरुले प्रज्ञाभवनको डबलीमा एक दुईदिन भित्रै समर्थन फिर्ता लिने जानकारी गराएका थिए ।

प्रवक्ता श्रेष्ठले संसद पूरा आयू चल्नुपर्छ र त्यो ओली सरकारको विस्थापन गरेरमात्र चल्ने पर्छ भन्ने आफूहरुको मत रहेको बताए।

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : ११ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको