१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तर राम्रो चाहिन्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनौटमा परेका विद्यालयहरुको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरमा ध्यान पु¥याउनुपर्ने बताएका हुन् । विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने आलीले बताए । भौतिक संरचनाको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भन्दै प्रधानमन्त्री ओलीले शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओली भने, ‘शिक्षककै गुणस्तर माथि नउठाइकन विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौँ । मुख्यकुरा शैक्षिक वातावरण विद्यालयहरुमा अनिवार्य रुपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्दछ । उपयुक्त खालको शिक्षक क्वालिटी हुनुपर्दछ । शिक्षकको क्वालिटी समय समयमा टेष्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरुलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा शैक्षिक विकास शिर्षकमा बजेट विनियोजन गरिएको पनि बताए । विद्यालयको छनौट प्रक्रिया उपयुक्त विधिका साथ भएको र आगामी वर्षहरुमा पनि विद्यालयहरुमा यस प्रकारका कार्यक्रमहरु नीति, कार्यक्रम र बजेट मार्फत पार्दै जाने प्रधानमन्त्री ओलीले बताए ।

ओलीले भने, ‘चार हजार २ सय ५० विद्यालयहरुमा थप सुधारका लागि स्तरोन्नतिका लागि कार्यक्रम सञ्चालन गर्दैछौँ । ५ अर्ब ६ करोड छुट्याएका छौँ । त्यसको छनौट प्रक्रिया उपयुक्त विधिका साथ गर्ने प्रयास भएको छ । विलकुल नयाँ अभ्यास हामीले शुरु गरेका छौँ र यसरी एकैचोटी यति धेरै विद्यालयहरुमा पहिले कहिल्यै पनि यस प्रकारको अभ्यास गरिएको थिएन । यो नयाँ अभ्यास गरिएको छ । यस अभ्यासलाई हामी जारी राख्छौँ । यो हाम्रो नियमित वार्षिक नीति, कार्यक्रम र बजेट भित्रको कुरा हो र यसलाई यसै ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका शैक्षिक सामाग्री र उपकरणहरु विद्यालयहरुमा पु-याउन लागेको बताए । स्वास्थ्य सम्बन्धी प्रवन्ध सहितको विद्यालय हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ४ : ४५ बजे

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल